Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान


११ असार, एजेन्सी । तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेष गरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्।

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्युजका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरीे इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन्।

मुजाहिदको ट्विटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, ‘जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ, त्यसरी नै हामी अरूलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौँ।’

उनले तालिवान नेतृत्वमा मुलुकको आर्थिक पतन र संकटको भविष्यवाणी गलत साबित भएको दाबीसमेत गरेका छन्। तालिवानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देश आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले दाबी गरेका छन्।

उनले लागुऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भनेका छन्, ‘देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनी रूपमा वैध मानिने व्यावसायिक खेतीको विस्तार भइरहेको छ। सबै प्रकारका लागुपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्।’

महिला अधिकारका सम्बन्धमा उहाँले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरेका उनले भने, ‘यसबाहेक, इस्लामी शरिया कानुनअनुसार महिलालाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’हरू चालिएका छन्। विगत २० वर्षदेखि महिलाको हिजाब र भ्रमसँग सम्बन्धित पेसाका नकारात्मक पक्षहरू चाँडै अन्त्य हुनेछन्।’

उक्त सन्देशमा अफगानी बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन। अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको गरेका छन्।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?