Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान


११ असार, एजेन्सी । तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेष गरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्।

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्युजका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरीे इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन्।

मुजाहिदको ट्विटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, ‘जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ, त्यसरी नै हामी अरूलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौँ।’

उनले तालिवान नेतृत्वमा मुलुकको आर्थिक पतन र संकटको भविष्यवाणी गलत साबित भएको दाबीसमेत गरेका छन्। तालिवानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देश आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले दाबी गरेका छन्।

उनले लागुऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भनेका छन्, ‘देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनी रूपमा वैध मानिने व्यावसायिक खेतीको विस्तार भइरहेको छ। सबै प्रकारका लागुपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्।’

महिला अधिकारका सम्बन्धमा उहाँले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरेका उनले भने, ‘यसबाहेक, इस्लामी शरिया कानुनअनुसार महिलालाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’हरू चालिएका छन्। विगत २० वर्षदेखि महिलाको हिजाब र भ्रमसँग सम्बन्धित पेसाका नकारात्मक पक्षहरू चाँडै अन्त्य हुनेछन्।’

उक्त सन्देशमा अफगानी बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन। अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको गरेका छन्।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?