७ वैशाख, म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५००
७ वैशाख, कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनिहरूलाई शपथ खुवाउनु भएको हो । कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए । बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र
७ वैशाख, काठमाडाैँ । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । हालसम्म औपचारिक क्षेत्रका करिब चार लाख पाँच हजार उक्त
७ वैशाख, काठमाडाैँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण
७ वैशाख, रूकुम । जाजरकोट र रूकुम जोड्ने बेलिब्रिज भाँचिएको छ । निर्माणाधीन उक्त पुल भाचिँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको बताइएको । २ जना घाइते भएको पनि जानकारी दिइएको छ । मृतकको परिचय
७ वैशाख, काठमाडाैँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न शिक्षा,
७ वैशाख, एजेन्सी। युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ । खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात
७ वैशाख, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ । कार्यालयका अनुसार मुख्य व्यक्ति
७ वैशाख, बैतडी । बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालयमा कक्षा १ देखि १० सम्म आवश्यक सबै ६८ हजार पाठ्यपुस्तक आइपुगेको शर्माले
७ वैशाख, बाँके । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट,