Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुने


२९ वैशाख ,मङ्गलबारे । राष्ट्रिय रग्बी प्रतियोगिता जेठ २६ र २७ गते इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ । माई नगरपालिका–४ शुक्रबारे बजारमा रहेको मैदानमा प्रतियोगिता सञ्चालन हुने आज इलाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो जिल्लाकै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको रग्बी सङ्घ इलाम जिल्ला अध्यक्ष गङ्गा फ्याक (बिजु) राईले जानकारी दिए । उनले प्रतियोगिताले जिल्लामा यस खेलसँग सम्वन्धित खेलाडी बढ्ने र खेल पर्यटनसमेतको प्रवद्र्धन हुने बताए।

यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने रग्बी सङ्घका केन्द्रीय प्रचार विभाग सदस्य नमिन ढकालले बताए । प्रतियोगितामा महिला र पुरुषको ११/११ टिमको सहभागीता रहनेछ ।

सात प्रदेशका सातवटा टीम र चारवटा क्लब प्रतियोगितामा समावेश हुने आयोजक तथा रग्बी सङ्घ माई नगरपालिकाका अध्यक्ष रन्जित काफ्लेले बताए । यस खेलको विकाससँगै इलाम जिल्लाले प्रदेशमा उत्कृष्ठ स्थान हाँसिल गरेको जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए ।

विसं २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपाल रग्बी सङ्घ दर्ता भएको बताइएको छ । भारतमा अध्ययन गर्न गएका केही व्यक्तिले अग्रसरता देखाएपछि नेपालमा रग्बी सङ्घ दर्ता भएको थियो ।

यद्यपि २०६८ सालमा टङ्कलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी सङ्घको पुनःगठन भएपछि मात्र रग्बीले गति लिन थालेको जनाइएको छ । अहिले रग्बी खेलले क्रमशः गति लिइरहेको छ । यस खेलको एक टोलीमा सात जना खेलाडी रहने ब्यवस्था छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?