Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क आइपुगेपछि !


३० वैशाख, झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको गोरखापत्रमा उल्लेख छ।

कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए। सुरजका कान्छा काका किरियामा बसे।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे। मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुग्नुभएको थियो। सुरजले भने, “म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो। खुसीले कोही रुने, कोही कराउने गर्न थाले।”

गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उहाँको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन्। दाइ सुरज विगत तीन वर्षदेखि घर छाडेर हिँडेको र कोटीहोम क्षेत्रमै बस्ने गरेको थाहा पाएको बताउँदै विनाले भनिन्, “कोटीहोममा मानिस मरेको सुनियो। शवगृहमा हेर्दा दाइको जस्तै खुट्टा लामो देख्यौँ। अनुहार सुन्निएकोले चिन्न सकिएन। दाइ नै हो भन्ने ठम्याएर शव बुझेर ल्यायौँ र संस्कार गर्यौँ।” दाजुको मृत्यु भएको खबर सुनेर कुवेतमा रहेका भाइसमेत स्वदेश फर्किएर आएको बहिनी विनाले बताइन्। सुरज मादक पदार्थ सेवन गर्ने भएकाले आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालमा देख्दा पनि फोन सम्पर्क नगरी भोलिपल्ट मात्र घर पुगेको परिवारजनले बताएका छन्।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर मिश्रले आफन्तले पनि सबै कुरा बुझेर मात्रै शव जिम्मा लिनुपर्नेमा त्यस्तो नगरिदिँदा समस्या आएको बताए। “दाइ हराएको भनेर इलाका प्रहरी कार्यालयमा बहिनी विनालगायतको समूह आएको थियो। हामीले बिर्तामोड इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् भनेर पठाइदिएका थियौँ। सद्गत गरेपछि मृतक भनिएका व्यक्ति घर आइपुगेछन्,” उनले भने, “त्यो शव वास्तवमा कसको थियो भन्ने खोजी गर्नुपर्ने भएको छ।”


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?