Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

चलचित्र समाजको ऐना : उपराष्ट्रपति यादव


२९ वैशाख ,काठमाडौँ । काठमाडौँस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली चलचित्र तथा कलाकर्मीलाई पुरस्कृत गरे ।

तीन वर्षदेखि रोकिएको अवार्ड समारोहमा कलाकर्मीलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको उपराष्ट्रपति यादवले बताए । “यो क्षेत्रले मनोरञ्जन प्रदान गर्ने मात्र नभई हाम्रो मौलिक भाषा, भेषभूषा, संस्कृति, इतिहासको संरक्षण र सम्वद्र्धधन पनि गरिरहेको छ । यो सिर्जनशिल कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो”, उपराष्ट्रपति यादवले भने, “सीमित स्रोत, साधन र बजारको बाबजुद नेपाली चलचित्रले निर्माण गरेको उचाइ हाम्रो लागि गौरवको विषय हो किनकि चलचित्र हाम्रो समाजको ऐना हो ।”

उनले समारोहमा दुई पाका प्राविधिकलाई दीर्घसाधना सम्मान प्रदान गरे । समारोहमा भान्छा व्यवस्थापक जेठा दाइका उपनामले परिचित कुलबहादुर महत र शृङ्गारकर्ता सन्तु तामाङलाई नगद राशि एकाउन्न हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

अवार्ड आयोजक दिनेश डिसीले पर्दामा देखिने वस्तु वा व्यक्ति चम्काउन जीवन बिताए पनि योगदान गौण जस्तो देखिने तर महत्वपूर्ण कर्मशील हातलाई सलाम गर्ने उद्देश्यले सम्मान गरिएको बताए ।

समारोहमा क्याराभान र हनी हन्टर चलचित्रका फ्रान्सेली निर्देशक एरिक भ्याली, निर्देशक निश्चल बस्नेत, निर्माता सन्तोष सेनसँगै कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई’ ट्रेण्डसेटर अवार्ड’ प्रदान गरिएको थियो ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?