९ असार, काठमाडाैँ । नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले बालमृत्युदरमा घटेको देखाएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा एक सय १८ को मृत्यु हुने गरेकामा अहिले आएर ३३ मात्र मृत्यु हुने गरेको
९ असार, एजेन्सी । ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले "असत्यको सामान्यीकरण"का कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेका छन् । द हिलको फ्यूचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममाफौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो । "म
९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ । गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घन्टी पोखरी, शिवालय,
९ असार, काठमाडाैँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै
९ असार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली
९ असार, सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए । लगातारको वर्षापछि
९ असार, कालीकोट । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । लम्पी स्किन रोगको सङ्क्रमणबाट कालीकोटमा अहिलेसम्म तीन सय १४ पशुचौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ
९ असार, काठमाडाैँ । नेपालले टस हारेको छ । आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्डस् बिरुद्धको खेलमा नेपालले टस हारेको हो । ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम
९ असार, चितवन । भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ । भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो । महानगरले घोलको सीमाङ्कन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समिति गठन गरेर काम अघि
९ असार, हुम्ला । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए । चारवटा स्वास्थ्यचौकी मार्फत उक्त