Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना


९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ ।

गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घन्टी पोखरी, शिवालय, पञ्चासे, शीतल गुफा, मणिको डिल शिद्ध थान, थाप्ले भुमेको थान, पौँदुरकोट भुमे थान, कान्छी बराह, क्युप्चे बराह, जल बराह, मेश्रम बराह, एक सय आठ धारा पोंचेनिम बराह आदिको गुरुयोजना तयार गर्ने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रचारप्रसार एवं प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कृषि तथा पर्या–पर्यटनमा जोड दिँदै गाउँपालिकाले परम्परागत मह सिकारलाई पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्ने भएको छ ।

गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि भिजिट अन्नपूर्ण कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । एग्रो टुरिजमको विकास गरी अन्नपूर्ण क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै उत्पादन खुवाउने परिपाटीको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तेलहन र गहुँ खेतीसँगै चिया, कफी, अलैँची र जडीबुटी खेतीलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?