Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना


९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ ।

गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घन्टी पोखरी, शिवालय, पञ्चासे, शीतल गुफा, मणिको डिल शिद्ध थान, थाप्ले भुमेको थान, पौँदुरकोट भुमे थान, कान्छी बराह, क्युप्चे बराह, जल बराह, मेश्रम बराह, एक सय आठ धारा पोंचेनिम बराह आदिको गुरुयोजना तयार गर्ने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रचारप्रसार एवं प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कृषि तथा पर्या–पर्यटनमा जोड दिँदै गाउँपालिकाले परम्परागत मह सिकारलाई पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्ने भएको छ ।

गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि भिजिट अन्नपूर्ण कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । एग्रो टुरिजमको विकास गरी अन्नपूर्ण क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै उत्पादन खुवाउने परिपाटीको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तेलहन र गहुँ खेतीसँगै चिया, कफी, अलैँची र जडीबुटी खेतीलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?