Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा


९ असार, हुम्ला । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए । चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ ।

मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य एकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य एकाइमा ६८ गर्भवतीको स्वास्थ्य जाँच गरिएको संयोजक ढकालले बताए ।

यसअघि स्वास्थ्य सेवा लिन अधिकांस गर्भवती सदरमुकाम सिमकोट र छिमेकी जिल्ला बाजुरा अस्पताल जाने गरेका थिए । “गाउँकै स्वास्थ्य संस्थाबाट सेवा दिन थालेका छौँ”, उनले भने ।

ताँकोट–१ देखि वडा नम्बर पाँचसम्मका सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्ने गरिएको छ । उक्त सेवा प्रभावकारी भएको  गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दैआएको उनले बताए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?