Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा


९ असार, हुम्ला । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए । चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ ।

मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य एकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य एकाइमा ६८ गर्भवतीको स्वास्थ्य जाँच गरिएको संयोजक ढकालले बताए ।

यसअघि स्वास्थ्य सेवा लिन अधिकांस गर्भवती सदरमुकाम सिमकोट र छिमेकी जिल्ला बाजुरा अस्पताल जाने गरेका थिए । “गाउँकै स्वास्थ्य संस्थाबाट सेवा दिन थालेका छौँ”, उनले भने ।

ताँकोट–१ देखि वडा नम्बर पाँचसम्मका सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्ने गरिएको छ । उक्त सेवा प्रभावकारी भएको  गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दैआएको उनले बताए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?