Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

गलत सूचनाका कारण अमेरिकी भविष्यको बारेमा ह्वाइट हाउसका पूर्व प्रमुख सल्लाहकारको चिन्ता


९ असार, एजेन्सी । ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले “असत्यको सामान्यीकरण”का कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेका छन् ।

द हिलको फ्यूचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममाफौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो ।

“म देशको बारेमा धेरै चिन्तित छु किनकि हामीले के देखिरहेका छौं – र मलाई लागिरहेको छ – हामी एक युगमा छौं, जसलाई म असत्यको सामान्यीकरण भन्छु,” फौसीले भने ।

“त्यहाँ धेरै गलत व्याख्यान छन् जसले चिन्ता बढाएका छन्,” उनले भने ।

फौसीले अमेरिकी राष्ट्रपति जो बाइडेनको शीर्ष चिकित्सा सल्लाहकार र अमेरिकी राष्ट्रिय एलर्जी र सङ्क्रमण संस्थानको निर्देशकको रूपमा काम गरेका छन् ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?