Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कालीकोटमा ३५०० पशुचाैपायामा ‘लम्पी स्किन’को सङ्क्रमण


९ असार, कालीकोट । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट कालीकोटमा अहिलेसम्म तीन सय १४ पशुचौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको छ ।

“केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनु भए पनि जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेको छौँ”, प्रमुख अधिकारीले भने । उनका अनुसार रोगको सङ्क्रमण जिल्लाभर भयावह रुपमा फैलिए पनि भ्याक्सिनको कमी भएकाले सबै किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । भ्याक्सिनको अभावका कारण रोग नियन्त्रण गर्न गाह्रो भइसकेको उनको भनाइ छ ।

‘लम्पी स्किन’को सङ्क्रमण रोक्नका लागि जनचेतना फैलाउने तथा घाउ, खटिरा आएका पशुलाई ड्रेसिङ गर्ने काम भइरहेको प्रमुख अधिकारीले बताए । “भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार हुन सकेको छैन”, उनले भने, “सबैभन्दा बढी रोगको सङ्क्रमण शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको छ ।”

पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको प्रमुख अधिकारीले जानकारी दिए । “यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ”, उनले भने, “सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ ।”


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?