Trending
>>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने


९ असार, चितवन । भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ । भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो ।

महानगरले घोलको सीमाङ्कन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समिति गठन गरेर काम अघि बढाएको छ । महानगर प्रमुख रेनु दाहालले  ३० दशमलव २ किलोमिटर लामो घोललाई कम्तीमा ६ मिटर फराकिलो बनाइने जानकारी दिइन् । “कतिपय स्थानमा चौडाइ धेरै भएकाले सीमाङ्कनको काम सम्पन्न भएपछि वास्तविक क्षेत्रफल आउने छ”, उनले भने ।

प्रमुख दाहालका अनुसार घोल संरक्षण र व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले रू १८ करोड विनियोजन गरेको छ । “चालु आर्थिक वर्षमा रू चार करोडको काम गोन्द्राङ्मा गरिएको छ”, उनले भनिन्, “घोललाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्नका लागि महानगरले पनि थप बजेट विनियोजन गर्छ ।”

दाहालका अनुसार घोलको भुइँ र भित्तोमा पर्खाल लगाएर व्यवस्थित गरिँदै भने  दायाँबायाँ साइकल लेन सहितको फुटपाथ बनाइँदै छ । फराकिलो भएका ठाउँमा उद्यान तथा व्यायामशाला बनाइने उनले बताइन् ।

“बिहान–बेलुका हिँड्न र हरियालीमा रमाउन मिल्ने गरी वृक्षरोपण गरिने छ । डुङ्गाहरु राख्नका लागि स्थल बनाइने छ”, प्रमुख दाहालले भनिन् । उनले घोल संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउनका लागि प्रदेश र सङ्घीय सरकारसँग थप बजेट माग गरिएको जानकारी दिइन् ।

गुरुयोजना अनुसार काम गर्न रू एक अर्ब ३७ करोड लाग्ने उपप्रमुख अधिकारीले बताए । उनका अनुसार घोल वडा नं  १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ ।  सीमाङ्कनको काम छिट्टै सम्पन्न गरिने भन्दै सम्बन्धित वडाका अध्यक्ष र सरोकारवालालाई सहयोगका लागि उपप्रमुख अधिकारीले आग्रह गरे ।

उनले घोल महानगरका लागि अत्यावश्यक र दूरगामी महत्व राख्ने आयोजना भएको उल्लेख गरे । अधिकारीले भने, “घोलले महानगरपालिकाको सुन्दरता बढाउँछ । यसले महानगर भित्रका डुबानको समस्या भएका क्षेत्रमा पानीको निकास पनि गर्नेछ ।” केरुङ्गा घोल निर्माण सम्पन्न भएमा सार्वजनिक सम्पत्तिको संरक्षण हुनुका साथै यहाँ बन्ने उद्यानले पर्यटकलाई पनि आकर्षण गर्न सकिने उनको भनाइ थियो ।

उपप्रमुख अधिकारीका अनुसार हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना रहेको छ । “बर्सातको समयमा पानी धेरै हुने र घोल साँघुरो भएकाले त्यहीँबाट बस्तीमा पानी पस्ने समस्यासमेत थियो । गुरुयोजनाअनुसार काम सम्पन्न भएमा डुबानको समस्या पनि अन्त्य हुनेछ”, उनले भने ।

भरतपुरको गणेशस्थानदेखि जगतपुरस्थित राप्ती नदीसम्म घोल निर्माण गरी हरियाली सौन्दर्यतासँगै डुङ्गा चलाउँदा यहाँ आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित हुने स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?