Trending
>>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई >>   रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’ >>   संविधान र लोकतन्त्र धरापमाः पुष्पकमल दाहाल >>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


कोशीमा मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

२५ असार, काठमाडाैँ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो । कोशी प्रेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान

रुपान्तरण अभियान गुटरहित छ, यसले पार्टीलाई वीपीको मार्गमा हिडाउँछ : नेता केसी

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियान गुटरहित रहेको बताएका छन् ।सोमबार नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा बोल्दै नेता केसीले पार्टीलाई वीपीकै बाटोमा हिडाउँनका लागि आफूहरु लागेको बताए । ‘रुपान्तरण अभियान कुनै गुुटको होइन । रुपान्तरण अभियान गुुटरहित छ

प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नु पर्छ : गोकुल बास्कोटा

२५ असार, काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म पद त्याग गर्नुपर्ने बताएका हुन् । ‘वातावरणले, व्यवहारले, अभ्यासहरूले , कुराहरूले, लघुताभासले, आत्मसमर्पणवादले, राष्ट्रिय आत्मसमर्पणवाद स्विकार्य छैन । त्यसकारण प्रधानमन्त्रीज्यूले संसदलाई स्पष्ट पार्नु

प्रचण्डको स्पष्टीकरण – त्यो दिन म प्रधानमन्त्री नभइ ज्ञानुको बुवा भएर बोल्न पुगेँ

२५ असार, काठमाडाैँ । प्रधानमन्त्री प्रचण्डले गत १८ गते पुस्तक विमोचन कार्यक्रममा बोलेको कुरा भावनात्मक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त अभिव्यक्तिको स्पष्टीकरण दिएका हुन् । उनले आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताएका हुन् ।

प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? : प्रधानमन्त्री प्रचण्ड

२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका  छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु लोकतन्त्र र संसदीय मान्यता विपरीत भएको बताएका छन्  । उनले भने, 'संसद्मा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका

बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्यु

२५ असार, बैतडी । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।  भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु

मन्त्री मास्कीद्वारा विभिन्न योजनाको अनुगमन

२५ असार, दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् । पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो

नेपाल सरकारका पूर्व सचिव अधिकारी राप्रपाको मुख्य सचिवमा मनोनित

२५ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सचिवालयको मुख्य सचिवको पदमा केदार बहादुर अधिकारी मनोनित भएका छन् । पार्टीका केन्द्रीय सदस्य अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य सचिव पदमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । चितवनका अधिकारी नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।

४० यात्रु बोकेको बस भीरबाट खस्यो

२५ असार, बैतडी । बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो । सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले

साताको दोश्रो दिन घट्यो शेयर बजार

२५ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर

सम्वन्धित समाचारहरु