Trending
>>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् । आईतवारबाट काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरेका छन् । चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण गराए । उनले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएको र गणतन्त्र ल्याउन लाठी तथा पानीको फोहरा खाएको स्मरण गर्दै गणतन्त्र प्राप्तिपछि पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको जिकिर गरेका छन् । चौधरीले नेपाली काँग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरेका छन् । उनले ६/७ प्रतिशत जनसंख्या ओगटेको थारू समुदाय अझै पनि राज्यको निर्णायक तहमा पुग्न नसकेको भन्दै प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भनी प्रश्न गरेका छन् । उनले भने, ‘आजका सभापति गगन थापा हुनुहुन्छ । तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौँ । हामीले पनि लाठी खायौँ, पानीका फोहोरा खायौँ । १९ दिने जनआन्दोलनमा हामीले पनि सहभागिता जनायौँ । त्यो आन्दोलनमा हामीले गणतन्त्र ल्यायौँ। त्यतिबेला हामीले नारा लगायौँ । नेपाली काँग्रेस जिन्दाबाद, हाम्रो नेपाल जिन्दाबाद । गणतन्त्र नेपाल जिन्दावाद । तर गगनजी, एउटा प्रश्न छ । त्यो १९ दिने जनआन्दोलनबाट गणतन्त्र प्राप्त भयो, तर गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ? हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ । हाम्रो पहिचानसँग कुनैपनि कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैँको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ । हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन् । त्यति मात्र होइन, नेपालको संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसले संविधान निर्माणमा मात्र होइन, म सुदूरपश्चिमको र थारू समुदायको व्यक्ति भएकाले गर्वका साथ भन्न चाहन्छु । नेपाली काँग्रेसकै सरकारले कमैया मुक्ति अभियानलाई पनि अघि बढाएको थियो ।’ टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो मागलाई पुनः दोहोर्याएका छन् ।

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् ।

आईतवारबाट काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरेका छन् । चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण गराए । उनले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएको र गणतन्त्र ल्याउन लाठी तथा पानीको फोहरा खाएको स्मरण गर्दै गणतन्त्र प्राप्तिपछि पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको जिकिर गरेका छन् । चौधरीले नेपाली काँग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरेका छन् । उनले ६/७ प्रतिशत जनसंख्या ओगटेको थारू समुदाय अझै पनि राज्यको निर्णायक तहमा पुग्न नसकेको भन्दै प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भनी प्रश्न गरेका छन् ।

उनले भने, ‘आजका सभापति गगन थापा हुनुहुन्छ । तर गगनजी, त्यो आन्दोलनमा हामी पनि समाहित थियौँ । हामीले पनि लाठी खायौँ, पानीका फोहोरा खायौँ । १९ दिने जनआन्दोलनमा हामीले पनि सहभागिता जनायौँ । त्यो आन्दोलनमा हामीले गणतन्त्र ल्यायौँ। त्यतिबेला हामीले नारा लगायौँ । नेपाली काँग्रेस जिन्दाबाद, हाम्रो नेपाल जिन्दाबाद । गणतन्त्र नेपाल जिन्दावाद । तर गगनजी, एउटा प्रश्न छ । त्यो १९ दिने जनआन्दोलनबाट गणतन्त्र प्राप्त भयो, तर गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ? हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ । हाम्रो पहिचानसँग कुनैपनि कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैँको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ । हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन् । त्यति मात्र होइन, नेपालको संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसले संविधान निर्माणमा मात्र होइन, म सुदूरपश्चिमको र थारू समुदायको व्यक्ति भएकाले गर्वका साथ भन्न चाहन्छु । नेपाली काँग्रेसकै सरकारले कमैया मुक्ति अभियानलाई पनि अघि बढाएको थियो ।’

टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो मागलाई पुनः दोहोर्याएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?