Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? : प्रधानमन्त्री प्रचण्ड


२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका  छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु लोकतन्त्र र संसदीय मान्यता विपरीत भएको बताएका छन्  ।

उनले भने, ‘संसद्मा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी हो। पुस्तक विमोचनको अभिव्यक्तिप्रति प्रश्न उठ्ने बित्तिकै बोल्ने अवसरको निम्ति माग गरेको हुँ, यति गम्भीर प्रश्न उठिनै सकेपछि यथार्थ के हो भनेर स्पष्टीकरण दिने अवसर ठूलो कुरा थियो । के यही हो संसदीय मान्यता? यसबारे प्रमुख प्रतिपक्षले नबुझेको पनि छैन । के प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो? यो प्रतिवाद होइन, काउन्टर एट्याकको निम्ति पनि बोलिरहेको छैन। म स्पष्टीकरणकै निम्ति उभिएको छु।’


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?