Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? : प्रधानमन्त्री प्रचण्ड


२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका  छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु लोकतन्त्र र संसदीय मान्यता विपरीत भएको बताएका छन्  ।

उनले भने, ‘संसद्मा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी हो। पुस्तक विमोचनको अभिव्यक्तिप्रति प्रश्न उठ्ने बित्तिकै बोल्ने अवसरको निम्ति माग गरेको हुँ, यति गम्भीर प्रश्न उठिनै सकेपछि यथार्थ के हो भनेर स्पष्टीकरण दिने अवसर ठूलो कुरा थियो । के यही हो संसदीय मान्यता? यसबारे प्रमुख प्रतिपक्षले नबुझेको पनि छैन । के प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो? यो प्रतिवाद होइन, काउन्टर एट्याकको निम्ति पनि बोलिरहेको छैन। म स्पष्टीकरणकै निम्ति उभिएको छु।’


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?