Trending
>>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा >>   मारवाडी सेवा समितिलाई सर्वोच्चको झट्का, गौशाला धर्मशाला पशुपतिमै फिर्ता >>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित)
Logo
२ मंसिर २०८३, बुधबार
२ मंसिर २०८३, बुधबार

‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’


‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताएका छन् ।

ज्यापू समाजको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रश्ताव राखेका हुन् । ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताए । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापू समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह गरेका छन् । उनले नियम र परम्पराले दिए ‘जगदीश खरेल नेवार’ का रूपमा समाजको सेवा गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन् ।

उनले भने, ‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानून र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर एउटा सानो लोभ छ,कर्तव्य निर्वाह गर्नका लागि भएपनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, “तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ ? भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् । अध्यक्ष बन्ने चाहना छैन, तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने चाहन्छु । त्यसैले अध्यक्षज्यू र सम्पूर्ण पदाधिकारीज्यूहरूको उपस्थितिमा आज यो कुरा खुलेर राखेको छु, यदि यहाँहरूको नियम, संस्कृति, परम्परा र प्रक्रियाले मिल्छ भने, जगदीश खरेल नेवारलाई मानार्थ सदस्य र कर्तव्यमा प्रतिवद्ध सदस्यका रूपमा स्वीकार गरिदिनुहोस्। म त्यसका लागि अत्यन्त आभारी हुनेछु । ज्यापु समाज र यहाँका अग्रजहरूसँग मेरो सम्बन्ध आजको होइन। ललितपुरको कला र संस्कृतिप्रति मेरो सधैँ गहिरो सम्मान छ । कृष्णलाल महर्जन ‘बा’प्रति मेरो विशेष सम्मान छ । चन्द्र दाइसँग आत्मीय सम्बन्ध छ, प्रेमबहादुर महर्जन मान्यज्यूसँग पनि उत्तिकै आत्मीयता छ । र चिरिबाबु महर्जनसँगको मेरो आत्मीयता त झन् विशेष छ । यी सम्बन्धहरू मेरा लागि केवल व्यक्तिगत सम्बन्ध होइनन्,ललितपुरको कला, संस्कृति र समुदायसँग जोडिएको मेरो भावनात्मक सम्बन्ध हो ।’

सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा आफूले सक्दो पहल गर्ने बताए । उनले ललितपुरको विकास र सम्पदा संरक्षणका लागि आफूले संसदमा सशक्त भुमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदा सम्बन्धी विधेयक अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सांसद खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त शहरको रूपमा परिभाषित गर्दै यहाँको सम्पदाको जगेर्ना गर्न समुदायको सहभागिता अनिवार्य रहेको बताएका छन् । उनले हालसम्म नेपालमा अमूर्त सम्पदा सम्बन्धी ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा र परम्पराको संरक्षणमा कठिनाइ भइरहेको भन्दै, नयाँ विधेयकमा राज्यको तर्फबाट आर्थिक व्यवस्थापन र स्थानीय समुदायको निर्णायक भूमिका रहने गरी कानून बनाउन पहल गरिरहेको बताएका छन् ।

उनले ललितपुरको पर्यटन प्रवद्र्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणा अघि सारेका छन् । उनले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज र अनुसन्धानलाई निष्कर्षमा पु¥याई त्यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

सांसद खरेलले आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा व्यतीत भएको स्मरण गर्दै आफूमा नेवार समुदायप्रति विशेष आत्मीयता रहेको बताए । उनले ज्यापु समाजको मानार्थ सदस्य बन्ने आफ्नो इच्छा प्रकट गर्दै अधिकारभन्दा पनि कर्तव्य निर्वाह गर्ने थलोको रूपमा आफूलाई उभ्याउन चाहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?