Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

४० यात्रु बोकेको बस भीरबाट खस्यो


२५ असार, बैतडी । बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको घटना स्थलका प्रत्यक्षदर्शी नवराज भट्टले बताए । दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?