Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मन्त्री मास्कीद्वारा विभिन्न योजनाको अनुगमन


२५ असार, दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् ।

पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । रू ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन स्थल निर्माण भइरहेको छ ।

मन्त्री मास्कीले गढवा गाउँपालिका–४ स्थित खैराघाटको तटबन्धनको अनुगमन गरेका छन् । यस क्षेत्रमा तटबन्ध नहुँदा नागरिकले वर्षात्मा सास्ती भोग्नुपरेको थियो । तटबन्ध निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुसी भएका छन् ।

त्यस्तै उनले गढवा गाउँपालिका–३ स्थित निर्माणाधीन कोल्डस्टोरको पनि अनुगमन गरेका छन । कोल्डस्टोर निर्माण सम्पन्न भएपछि उत्पादित कृषिजन्य वस्तु भण्डारणका लागि सहज हुने मन्त्री मास्कीले बताए । उनले नियमितको अनुगमनले निर्माण दिगो र छिटो सम्पन्न हुने धारणा राखेका थिए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?