Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नु पर्छ : गोकुल बास्कोटा


२५ असार, काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म पद त्याग गर्नुपर्ने बताएका हुन् ।

‘वातावरणले, व्यवहारले, अभ्यासहरूले , कुराहरूले, लघुताभासले, आत्मसमर्पणवादले, राष्ट्रिय आत्मसमर्पणवाद स्विकार्य छैन । त्यसकारण प्रधानमन्त्रीज्यूले संसदलाई स्पष्ट पार्नु पर्दछ । र, उहाँले सक्नु हुन्छ भने देशको लागि उभिने आँट गर्नुस् । पद छाडिदिनुस् । सत्ता स्वार्थको निम्ति देशको सार्वभौमिकता साटिँदैन । यही भन्न चाहन्छु सभामुख महोदय, हाम्रो भनाई यही हो । यत्तिकै अगाडि बढ्न सकिँदैन । त्यस कारणले उहाँले संसदलाई, प्रतिपक्षलाई मात्रै होइन, देशका जनताले प्रश्न उठाएका छन । स्पष्ट पारिदिनुस् ।’

 


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?