Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रुपान्तरण अभियान गुटरहित छ, यसले पार्टीलाई वीपीको मार्गमा हिडाउँछ : नेता केसी


२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियान गुटरहित रहेको बताएका छन् ।सोमबार नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा बोल्दै नेता केसीले पार्टीलाई वीपीकै बाटोमा हिडाउँनका लागि आफूहरु लागेको बताए ।

‘रुपान्तरण अभियान कुनै गुुटको होइन । रुपान्तरण अभियान गुुटरहित छ । हामी जहाँ जान्छौँ त्यहाँ जिल्लाका सभापति, प्रदेशका सभापति वडाका सभापतिको सहभागितामा छलफलमा हामी अघि बढिरहेका छौँ ।’ नेता केसीले भने ।

नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने, हरेक २ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा त्यही नगरेर केन्द्रले नै विधान मिचेको आरोप लगाए । साथै रुपान्तरण अभियानकै असर स्वरुप २७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको दाबी गरे ।

‘नेपाली कांग्रेसको विधानले हरेक २ महिनाभित्र नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुपर्छ । तर आज ११ महिना १२ महिनापछि यही रुपान्तरण अभियानले बुढानिलकण्ठ पुगेछ ।’ नेता केसीले भने, ‘२७ गते केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।’

यही अवस्थाले नेपाली कांग्रेस चल्न नसक्ने भन्दै पार्टीलाई विधान अनुसार चलाउनका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म लाग्नुुपर्ने बताए ।
विभिन्न काण्डमा मुछिएकाहरुलाई कांग्रेसले किन निलम्बन गर्दैन ? भन्दै प्रश्न गरे । साथै पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको नेतृत्व गर्न आग्रह गरे ।

आफूहरुले शुरुबाटै गठबन्धन गलत रहेको बताउँदा पनि नेतृत्वले नमान्दा अहिलेको अवस्था आएको बताए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?