Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

रुपान्तरण अभियान गुटरहित छ, यसले पार्टीलाई वीपीको मार्गमा हिडाउँछ : नेता केसी


२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियान गुटरहित रहेको बताएका छन् ।सोमबार नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा बोल्दै नेता केसीले पार्टीलाई वीपीकै बाटोमा हिडाउँनका लागि आफूहरु लागेको बताए ।

‘रुपान्तरण अभियान कुनै गुुटको होइन । रुपान्तरण अभियान गुुटरहित छ । हामी जहाँ जान्छौँ त्यहाँ जिल्लाका सभापति, प्रदेशका सभापति वडाका सभापतिको सहभागितामा छलफलमा हामी अघि बढिरहेका छौँ ।’ नेता केसीले भने ।

नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने, हरेक २ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा त्यही नगरेर केन्द्रले नै विधान मिचेको आरोप लगाए । साथै रुपान्तरण अभियानकै असर स्वरुप २७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको दाबी गरे ।

‘नेपाली कांग्रेसको विधानले हरेक २ महिनाभित्र नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुपर्छ । तर आज ११ महिना १२ महिनापछि यही रुपान्तरण अभियानले बुढानिलकण्ठ पुगेछ ।’ नेता केसीले भने, ‘२७ गते केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।’

यही अवस्थाले नेपाली कांग्रेस चल्न नसक्ने भन्दै पार्टीलाई विधान अनुसार चलाउनका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म लाग्नुुपर्ने बताए ।
विभिन्न काण्डमा मुछिएकाहरुलाई कांग्रेसले किन निलम्बन गर्दैन ? भन्दै प्रश्न गरे । साथै पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको नेतृत्व गर्न आग्रह गरे ।

आफूहरुले शुरुबाटै गठबन्धन गलत रहेको बताउँदा पनि नेतृत्वले नमान्दा अहिलेको अवस्था आएको बताए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?