२२ भदौ, काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौँ महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मङ्गलबार पक्राउ गरेको हो । थापाको साथबाट दुई थान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । जनपत्रकार संगठनका केन्द्रीय पदाधिकारीहरुसँगको भेटमा उहाँले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानुनको परिमार्जन र आवश्यक कानुन निर्माणको गृहकार्यमा रहेको बताउनुभयो । सञ्चार, सूचना प्रविधि, चलचित्र सबै
२३ भदाै, एजेन्सी । भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ । जी २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी दुई दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो
२३ भदौ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै
२३ भदौ, पोखरा । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।
काठमाडौँ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको छ । विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो । नगर प्रहरी निरीक्षक प्रकाश
२३ भदाै, काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय
२३ भदौ, सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदवारीमा दुई कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ आरोपित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । गत साउन २४ गते जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात जना प्रहरी र आठ कैदी विरुद्ध जिल्ला अदालत सङ्खुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता
२२ भदौ, सुदूरपश्चिम । अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ । लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले
२३ भदाै, बारा । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४