Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी


१ ,कात्तिक ,काठमाडौँ । त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४० बल खेल्दै पाँच चौकाको मद्दतमा अविजित ५१ रन जोडेका हुन् । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए ।

बलिङतर्फ युएईका निलन्स केशवानी र अलि नसिरले समान एक एक विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो ।

युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । कप्तान मोहम्मद वासिमले १७ रन जोड्दा आसिफ खानले १५ रन बनाए ।

युएईलाई एक सय ४० रनमा समेट्नेक्रममा नेपालका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै गुल्सन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल भोलि हङ्कङसँग खेल्नेछ । उक्त खेल दिउँसो ११ बजे हुनेछ ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?