Trending
>>   हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे >>   काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा >>   आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा >>   गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति >>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी


१ ,कात्तिक ,काठमाडौँ । त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४० बल खेल्दै पाँच चौकाको मद्दतमा अविजित ५१ रन जोडेका हुन् । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए ।

बलिङतर्फ युएईका निलन्स केशवानी र अलि नसिरले समान एक एक विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो ।

युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । कप्तान मोहम्मद वासिमले १७ रन जोड्दा आसिफ खानले १५ रन बनाए ।

युएईलाई एक सय ४० रनमा समेट्नेक्रममा नेपालका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै गुल्सन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल भोलि हङ्कङसँग खेल्नेछ । उक्त खेल दिउँसो ११ बजे हुनेछ ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?