Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

बृद्धबृद्धाको सम्मान गरेर दसैँको शुभकामना साँटासाँट


काठमाडौंः शान्तिनरगमा बृद्धबृद्धाको सम्मान गरेर दसैँको शुभकामना आदनप्रदान गरिएको गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा रहेको विभिन्न सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा वडामा रहेका चालिस भन्दा बृद्धबृद्धाको सम्मान गरेको हो । कार्यक्रम बागमती प्रदेशसभा सांसद् सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको आयोजना पतन्जली योग समिती, बाबुछिरी टोल सुधार समिती, शान्तिनगर गेट जागरूक महिला समुह, शान्तिनगर समाज, मिलिजुली टोल सुधार समिती र शान्तिनगर टोल विकास समितीले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सिइओ उद्धवप्रसाद तिमल्सिना,समाजसेवी मुकुन्द पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पिङ हालेर र चंगा उडाएर मौलिक संस्कृतिको जगेर्नाको सन्देश दिइएको थियो ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?