Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

त्रिविले १२ आंगिक क्याम्पसलाई दियो नयाँ कार्यक्रम सञ्चालन अनुमति


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १२ वटा आंगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी-सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो । जस अनुसार महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ । त्यस्तै अमृत क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, पद्यकन्या क्याम्पसमा एमआइटी, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मास्टर इन पावर इलेक्ट्रोनिक्स एन्ड ड्राइभ्स इन्जिनियरिङ, पद्यकन्या क्याम्पसमा लैंगिक अध्ययन, भक्तपुर बहुमुखी क्याम्पसमा बीएसडब्लु, नेपालगञ्ज क्याम्पसमा, त्रिभुवन क्याम्पस पाल्पामा बीसीए, जुम्ला क्याम्पस जुम्लामा एमबीएस अध्यापन अनुमति पाएको छ ।

परिषद्ले सरस्वती क्याम्पस काठमाडौंमा स्नातक तहमा पत्रकारिता र ग्रामीण विकास, स्नातकोत्तरमा हाइड्रोलोजी र मेटोरोलोजी विषय थप गरेको छ । धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङमा स्नातकोत्तर तहमा अंग्रेजी र गोरखा क्याम्पस गोरखामा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । परिषद्ले मानविकी संकायको स्नातकोत्तर तहमा योग विज्ञान विषय अध्यापनको लागि स्वीकृति दिएको छ भने गभर्नेन्स एन्ड एन्टीकरप्सन स्टडीज कार्यक्रमको नाम पब्लिक पोलिसी गभर्नेन्स एन्ड एन्टीकरप्सन स्टडिज बनाइएको परिषद् कार्यालय प्रमुख यमन बोहराले जानकारी दिए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?