Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

बेमौसमी वर्षाले धानबालीमा क्षति


मनहरी,मकवानपुर । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् । सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए ।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताउदै वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएको उनको भनाइ रहेको छ । गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताएक छन् भने मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?