Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

बेमौसमी वर्षाले धानबालीमा क्षति


मनहरी,मकवानपुर । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् । सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए ।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताउदै वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएको उनको भनाइ रहेको छ । गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताएक छन् भने मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?