Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


काठमाडौं । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएइले वसिल हमिदको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए । ५४ रन जोड्दा ४ विकेट गुमाएको यूईएको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अभिनास बोहोराले समान १–१ विकेट लिए । त्यसपछि आक्रमण पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पुरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

 


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?