Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


काठमाडौं । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएइले वसिल हमिदको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए । ५४ रन जोड्दा ४ विकेट गुमाएको यूईएको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अभिनास बोहोराले समान १–१ विकेट लिए । त्यसपछि आक्रमण पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पुरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

 


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?