काठमाडौं ।रास्वपाका सभापती रवि लामीछाने आइतबार मात्रै अदालतमा उपस्थित हुने भएका छन् । पार्टिका नेता दिपक बोहोराले जानकारी दिदै लेखेका छन् ,'रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ।सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।' साथै पार्टिका
धरौटी दिनु लिनु भनेको त्यो पैसा अदालत वा सरकारलाई दिएको होइन। त्यो आरोपीको नासो नै हो। जरिवाना पनि होइन, त्यो पछि फिर्ता हुन्छ। अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यसप्रकार हुन्छ । १.रिहाइ प्रक्रियाः जब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सातै जना प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतको आदेशप्रति सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा असन्तुष्ट देखिएका छन् । रास्वपाका सभापति रवि लामिछानेसहित सातै जना प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाडेको थियो । रविसहित
काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा
काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने
काठमाडौं। विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले यस्तो चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार
काठमाडौँ। बशर अल–असदको सरकारको पतनपछि गत महिनामा टर्कीबाट कुल ५२ हजार ६२२ सिरियालीहरू स्वेच्छाले सिरिया फर्किएका छन् । जसले गर्दा घर फर्कने सिरियालीहरूको कुल संख्या ७ लाख ९२ हजार ६२५ पुगेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताए । गत महिनामा, १ हजार ७६६ आप्रवासीहरू टर्कीबाट बाहिरिएका छन् । टर्कीको विपद् तथा