काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको संघीय निजामति सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भएपनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन् । उनले
काठमाडौँ। सरकारले नेपालमा रहेका बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ । शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने बताए । उनले श्रम क्षेत्रमा बालश्रम कति छ
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद गोपिबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले निजामति
काठमाडौँ। नेपालमा शहरी जनसंख्या २७ प्रतिशत रहेको छ । शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । शहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ । काठमाडौं उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । शहरीकरण प्रँयः खेतीयोग्य जग्गामा
काठमाडौँ। राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ । सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिने उद्देश्यले शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागेको महांसघकी अध्यक्ष ओमदेवी मल्लले बताईन् । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम
एजेन्सी। थाईल्याण्डका राजा महा वजिरालोङकोर्नले यस हप्ताको शुरुमा मन्त्रीहरूको शाही अनुमोदनपछि बिहीवार नयाँ मन्त्रिपरिषद्को शपथग्रहण गराएका छन् । उपप्रधानमन्त्री सुरिया जुआङग्रुङरुआङकिटले कार्यवाहक प्रधानमन्त्रीको रूपमा आफ्नो हैसियतमा १४ जना नवनियुक्त र पुनर्नियुक्त मन्त्रीहरूलाई राजासमक्ष निष्ठाको शपथग्रहण गराएका हुन् । नैतिकता अनुसन्धानको लागि संवैधानिक अदालतले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नबाट निलम्वन गरेकी प्रधानमन्त्री
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो । भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो
एजेन्सी। सिरियाको मध्य शहर हामाको पूर्वमा रहेको जब्रीन गाउँमा विस्फोट हुँदा चार जना सर्वसाधारणको मृत्यु भएको छ । साथै नौ जना घाइते भएको सिरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्थानीय आपतकालीन अधिकारीहरूले भग्नावशेषमुनि फसेको विश्वास गरिएका जीवित व्यक्तिहरूको खोजीमा सिरियाली नागरिक रक्षा टोलीहरूले उद्धार कार्य जारी राखेको बताएका छन् ।
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज
एजेन्सी। इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २४ जना अझै बेपत्ता छन् । ३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताए । रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो ।