विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले आजको घटनापछि वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।
माजिक सञ्जालमा लेख्दै कोइरालाले जेनजी पुस्ताको माग जायज रहेको उल्लेख गर्दै सरकार अधिनायकवादी ढंगले विद्यार्थीमाथि गोली चलाएको आरोप लगाएका छन् । कोइरालाले घटनाको कडा निन्दा गर्दै मृतक र घाइते परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले लेखेका लेखेका छन्, ‘आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । उनले जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रूर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्बर ढंगवाट गोली प्रहार गरेको बताएका छन् ।’
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार