Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा


काठमाडौं। प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा गरिएको हो ।

मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको इस्तानबुल प्रान्तीय शाखाका लागि अदालतले नियुक्त ट्रस्टी गुर्सेल टेकिनले सोमवार भारी प्रहरी हस्तक्षेपमा पदभार ग्रहण गरेका हुन् । अदालतले पार्टीको प्रान्तीय कंग्रेसलाई खारेज गर्ने फैसला गरेपछि कब्जा गरिएको हो । आईतवार रातिदेखि सिएचपीका सांसदहरू र समर्थकहरूले प्रान्तीय मुख्यालयमा धर्ना दिएका थिए । पार्टी नेता ओजगुर ओजेलले पूर्व प्रान्तीय अध्यक्ष टेकिनलाई प्रवेश गर्नबाट रोक्नको लागि आह्वान गरेका थिए ।

प्रहरीले मुख्यालयभित्र सांसदहरूसहित पार्टीका सदस्यहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रयोग गर्दा तनाव बढ्यो । हल्क टिभीद्वारा प्रशारित प्रत्यक्ष फुटेजमा धेरै मानिसहरू ग्यासबाट प्रभावित भएको देखाइएको छ । टर्कीको एक अदालतले सेप्टेम्बर २ मा २०२३ मा आयोजित पार्टीको इस्तानबुल प्रान्तीय महाधिवेशनलाई रद्ध गर्यो । अनियमितताको आरोपमा प्रान्तीय अध्यक्ष ओजगुर सेलिक र उनको प्रशासनलाई पदच्युत गर्यो । ओजेलले नागरिकहरूलाई टेकिनको प्रवेशको प्रतिरोध गर्न मुख्यालयमा भेला हुन आह्वान गरेका छन् ।

प्रतिक्रियामा प्रहरीले नजिकैका सडकहरू बन्द गर्यो र इस्तानबुल गभर्नरको कार्यालयले बुधवार साँझसम्म वरपरका जिल्लाहरूमा प्रदर्शनमा तीन दिनको प्रतिवन्ध लगाएको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?