Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कर्फ्यूको अवज्ञा गर्दै काठमाडौंमा बिहानैदेखि जेन जीको प्रदर्शन


काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् ।

आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका हुन् । जेन जी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लगेका छन् । काठमाडौंको कलंकी, नयाँ बानेश्वर, संसद भवन लगायतका क्षेत्रहरुमा सडकमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ । सोमवार जेन जी पुस्ताले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए । नयाँ बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भइसकेपछि संसद भवनमा प्रवेश गर्न खोज्दा आन्दोलन भड्किएको थियो । प्रहरीले अश्रु ग्यास, गोली प्रहार गर्दा २० जनाको मृत्यु भइसकेको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?