Trending
>>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन

काठमाडौं ।जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु गरिएको छ । महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ

पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण

काठमाडौं ।पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो । आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन

जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं ।जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले युरोपको ऊर्जा सुरक्षामा अजरबैजानको भूमिकाको प्रशंसा गर्दै दुई देशबीच आर्थिक तथा ऊर्जा सहकार्य विस्तारमा जोड दिएका छन् । बुधवार अजरबैजानको राजधानी बाकुको भ्रमणका क्रममा उनले अजरबैजानका विदेशमन्त्री जेहुन बेरामोभसँग भेटवार्ता गरेका थिए । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले ऊर्जा आपूर्तिमा अजरबैजानले गर्दै आएको विश्वसनीय

जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त

चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा

काठमाडौं । चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो । यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा

भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले आजै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावासको कार्यालय पुगेर आफ्नो पदभारसमेत ग्रहण गरेका छन् । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन् ।

मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्युनिकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रममा

प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?

काठमाडौं । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान सुविधा, भारतीय निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण र जलविद्युत् आयोजनाको निर्माणमा देखिएका नीतिगत अवरोध हटाउन सके नेपालको ऊर्जा क्षेत्रमा ठूलो ‘ब्रेक थ्रु’ हुनसक्ने ऊर्जा क्षेत्रका जानकारहरूको

आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल

काठमाडौँ।नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिष्पर्धा हुने बताएका हुन् । थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४

एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका छन् ।

सम्वन्धित समाचारहरु