काठमाडौँ । जेनजी को आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज भएको जेनजी को आन्दोलन र हिंसात्मक घटनालगायत र नियमित कार्यसूचीको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।
रुपन्देही । रुपन्देहीमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि भोलि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रमा तोकिएका सीमाभित्र कुनै पनि सभा, जुलुस, प्रदर्शन, भीडभाड र आवतजावत गर्न नपाइने व्यवस्था गरिएको छ। कर्फ्यू बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प
सुनसरी । सुनसरीमा शुक्रबार दिउँसो २:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम कर्फ्यू आदेश जारी गर्दै तोकिएको क्षेत्रमा आवतजावत पूर्ण प्रतिबन्ध लगाइएको जनाएका छन्। कर्फ्यू क्षेत्रमा उत्तरतर्फ हनुमान
काठमाडौं। काठमाडौंमा जेनजीहरूको आन्दोलन उग्र बन्दै जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दिउँसो सम्ममा ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौँ। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। स्थिति चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध माइतिघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन चर्किँदा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली
काठमाडौँ। प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च शतर्कता अपनाउन
काठमाडौँ। आचारसंहिता बनाएर सदाचार नीतिलाई कार्यन्वयन गर्न सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठमा भएको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा उनीहरुले आचारसंहिता बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद वामदेव गौतमले सदाचार निति अवलम्बन गरेको/नगरेको निगरानी गर्ने पक्ष
काठमाडौँ। बानेश्वरमा सोमबार भएको जेन जी प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँबानेश्वर सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रबरको गोली लागेर गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा ज्यान गएको हो। दिउँसो १२:३० बजेदेखि कर्फ्यु जारी भए पनि आन्दोलन रोकिएको छैन। नयाँबानेश्वर क्षेत्र तनावग्रस्त
काठमाडौं। बानेश्वोरमा जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बनेको छ। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्धको विरोधमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। करिब एक सयभन्दा बढी घाइते उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ। बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएपछि सरकारले दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको
काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रर्दशनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव