Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

रातो मत्स्येन्द्रनाथको रथ निर्माण तिब्र


रातो मत्स्येन्द्रनाथको रथ निर्माण तिब्र

ललितपुर। वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको छ ।

ललितपुरको पुल्चोकमा रथ निर्माणको काम भइरहेको हो । सदियौँदेखि चलिआएको यो परम्परालाई निरन्तरता दिँदै स्थानीय समुदाय रथ निर्माणमा सक्रिय रूपमा सहभागी भएका छन् । यस वर्षको रथ यात्राको तयारीसँगै पुल्चोक क्षेत्रमा धार्मिक र सांस्कृतिक उत्साह छाएको छ । रातो मत्स्येन्द्रनाथलाई बौद्ध धर्मावलम्वीहरूले पद्मपाणि बोधिसत्वको रूपमा र हिन्दु धर्मावलम्वीहरूले करुणामयको रूपमा पूजा गर्छन् । मत्स्येन्द्रनाथको रथ यात्रा ललितपुरको सबैभन्दा ठूलो र महत्वपूर्ण जात्रामध्ये एक हो । यस जात्राले वर्षा र राम्रो फसलको लागि प्रार्थना गर्नुका साथै समुदायमा एकता र सद्भाव बढाउँछ । किंवदन्ती अनुसार, मत्स्येन्द्रनाथको आगमनले काठमाडौं उपत्यकामा लामो समयदेखि चलेको खडेरी अन्त्य भएको थियो, त्यसैले उहाँलाई वर्षा र सहकालको प्रतीक मानिन्छ ।


प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?