Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्


देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिईरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । मंगलवार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरुमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन् । उनले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालार्य आ आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिएका छन् । सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । सो काममा आफूलाई सबैको सहयोगको आवश्यक्ता रहेको पनि सभापति थापाको भनाई थियो ।

उनले भने,‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिष्टर्व नगरिदिनु होला । कसैले म काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न । पार्टीको विधानले यही भन्छ । पार्टी केन्द्रिय सदस्य साथीहरु यह हुनुहुन्छ । मैले सबैलाई गर्ने अनुरोध यही हो । मैले आज शुरु गरेँ । अव वैशाख १५ गते भित्र तपाईहरुले पनि आ आफनो वडा पार्टी कार्यालयमा गएर सबै साथीहरु आ आफनो ठाउँमा जानुपर्छ । त्यो ठाउँबाट अध्यावधिक गर्नुपर्छ । कोही साथीहरुले विशेष अवस्थाले जान नसक्ने हुनुहुन्छ । कोही साथी देश बाहिर हुनुहुन्छ । यो सबै कुरा पार्टीले बुझेको छ । त्यस्तो अवस्थामा हामी त्यही अनुसार विशेष व्यवस्था गर्दछौ । पार्टीको यो काममा मलाई सबैको सहयोग चाहिन्छ । कसैले यो सदस्यताको बारेमा केही कुरा बुझनु भएको छैन भने कृपया पार्टीको केन्द्रिय कार्यालय आईदिनु होला । महामन्त्रीहरुले जिम्मा लिनु भएको छ । त्यहाँ बुझाई दिनु हुन्छ । तर बाहिर यो सदस्यताको बारेमा यो हुन लाग्यो, त्यो हुन लाग्यो । हाम्रो सदस्यता कसैले खोसिदिन लाग्यो हाम्रो सदस्यता कसैले खाईदिन लाग्यो भनेर अनावश्यक रुपमा कोलाहल मचाईदिने काम नगरीदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।’

काँग्रेसले विशेष कारणबश वडा पार्टी कार्यालयमा जान नसक्नेहरुका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ । सभापति थापाले काँग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरुले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पारेका छन् । पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढनु पार्टीका सबै नेता, कार्यकर्ताहरुको दायित्व रहेको सभापति थापाको भनाई थियो ।


प्रकाशित मिति: १ बैशाख २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?