Trending
>>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड


नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

काठमाडौँ । मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।

नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने गरिन्छ । वर्षको पहिलो दिन भगवानसँग आफूले चिताएको मनोकामना पुरा होस् भन्ने कामनासहित श्रद्धालु तथा भक्तजनहरु विभिन्न मठमन्दिर जाने परम्परा छ । जनकपुरधाम मन्दिरमा पनि दर्शन गर्नको लागी नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आएका छन् । विशेषगरी यहाँको जानकी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ । भक्तजनहरूले वर्षको पहिलो दिन भगवानको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्षमा धार्मिक स्थलमा दर्शन गर्ने परम्परासँगै यसले धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ । माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाममा नयाँ वर्ष, रामनवमी र विवाह पंचमी जस्ता पर्वमा पर्यटकको आगमन बढ्ने गर्दछ । यसवर्ष पनि होटल, धर्मशाला तथा यातायात क्षेत्रमा चाप बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् । उनीहरुका अनुसार बढ्दो पर्यटक आगमनले यहाँको आर्थिक गतिविधि समेत चलायमान बनेको छ । स्थानिय व्यवसायी जितेन्द्र कुमार साहले नेपालमा हालै नयाँ सरकार पनि बनेकोले नयाँ सालमा धेरै परिवर्तन हुने आशा राखेको बताएका छन् ।

स्थानीय वर्तमान सरकारको सुरुवाती कामकारबाही हेर्दा नयाँ वर्ष २०८३ साल अलि नै सुखमय हुने अपेक्षा गरेको बताए । उनले यो सरकारलाई बलियो बनाउन र काम गर्न सक्ने वातावरण बनाउन आफूले भगवान्संग प्राथना गरेको बताए । जनताको आर्थिक स्थितिमा सुधार, सहज रोजगारी, गुणस्तरीय स्वास्थ्य र शिक्षा भएमा देश विकास हुने र जनता चाहना पनि यही रहेको उनले बताए ।

जनकपुराधार मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सुरक्षा, मन्दिरको सरसफाइ र व्यवस्थापनमा स्थानीय प्रशासनले पनि विशेष ध्यान दिएको जनाएको छ ।


प्रकाशित मिति: १ बैशाख २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?