Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान


नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

काठमाडौँ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिको लागि प्रतिवद्ध हुन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा आह्वान गरेका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दे उनिहरुले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै एकतावद्ध भएर देश निर्माणको संकल्प गर्न आह्वान गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसको प्राप्तिका लागि सङ्कल्प गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिएका छन्। नववर्ष नेपाली समाजमा विगतको समीक्षा गर्दै भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परासँग जोडिएको उनको भनाई छ । हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै उनले जनताले विधिको शासन, दिगो शान्ति, सुशासन तथा सामाजिक न्यायसहितको विकासको चाहना राखेकोले त्यसलाई पुरा गर्नतिर लाग्नुपर्ने बताए । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति निष्ठावान् रहँदै सुशासन, समावेशिता र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै, राष्ट्रिय एकता, पारस्परिक विश्वास र सहिष्णुतालाई अझ सुदृढ बनाउन नयाँ वर्षले प्रेरणा दिने उनको भनाई छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् सामाजिक सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणजस्ता क्षेत्रमा एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् । तराई–मधेसमा मनाइने सतुवाइन, जुडशीतल, सिरुवा पावनी तथा काठमाडौँ उपत्यकाको बिस्का जात्रालगायत पर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सुदृढ बनाउने उल्लेख गर्दै उहाँले ती पर्वहरुको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन्

प्रधानमन्त्री बालेन्द्र साहले नयाँ वर्षको अवसरमा सम्पूर्ण नागरिकको सुख, शान्ति र आरोग्यको कामना गरेका छन् । उनले संस्कृत श्लोक उद्धृत गर्दै सबैको जीवनमा दुःखको अन्त्य र कल्याणको भावना स्थापित होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग भवेत्।’ उल्लेख गरेका छन् ।

नेपालीहरुको नयाँ वर्षको पहिलो दिन मंगलवार देशका विभिन्न राजनीतिक प्रमुख, नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश दिँदै राष्ट्रिय एकता, समृद्धि र विकासका लागि सहकार्य गर्न आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा पुर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुले शुभकामना सन्देश जारी गरेका छन् । बैशाख १ गते नेपालीहरुको नयाँ बर्ष मनाउँदै आएका छन् ।


प्रकाशित मिति: १ बैशाख २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?