Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सुकुम्वासी बस्ती र ‘प्रधानमन्त्री’ बालेन्द्र साहः हिजोको डोजर, आजको जिम्मेवारी (फोटो फिचर)


काठमाडौं। काठमाडौंको थापाथलीस्थित वागमती नदी किनार पुग्दा आधुनिक शहरको बीचमा एउटा विरक्तलाग्दो दृश्य देखिन्छ ।

एकातिर काठमाडौंको वैभव झल्काउने अग्ला कङ्क्रिटका भवनहरू ठडिएका छन् भने अर्कोतिर नीलो र सेतो त्रिपाल, पुराना जस्तापाता र काठका फल्याकले बेरिएका अस्थायी झुप्राहरूको खात छ । नदीको पर्खालमाथि झुन्डिएका यी संरचनाहरू हेर्दै जोखिमपूर्ण देखिन्छन् । वागमतीको फोहोर र दुर्गन्धित पानीले यहाँको स्वास्थ्य र सुरक्षामा गम्भीर चुनौती थपेको छ । विगतमा बालेन्द्र साहले काठमाडौं महानगरको मेयर हुँदा यहाँको अतिक्रमित क्षेत्र हटाउन ठूलो तामझामका साथ डोजर पठाएका थिए । तर तत्कालीन संघीय सरकारको असहयोग र स्थानीयको तिब्र प्रतिरोधका कारण सो अभियान सफल हुन नसकेको आरोप लगाउँदै आएका थिए ।

आज त्यही ‘डोजर मेयर’ देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीको भुमिकामा पुग्दा थापाथलीको यो बस्तीमा कस्तो प्रभाव पर्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । विगतमा मेयर रहँदा बालेन्द्र साहले सुकुम्वासी बस्ती हटाउन नसक्नुको मुख्य दोष गृह मन्त्रालय र संघीय सरकारलाई दिने गरेका थिए । प्रहरी प्रशासनले सहयोग नगरेको र केन्द्रले नीतिगत बाटो नखोलिदिएको उनको गुनासो थियो । तर अब, ‘बल उहाँकै कोर्टमा’ छ ।
उनिसंग्ग गृहमन्त्रालय, सुरक्षा निकाय र भूमि व्यवस्था मन्त्रालयको सम्पूर्ण बागडोर छ । अब उनले फेरि पनि डोजरको बाटो रोजेर बलपूर्वक बस्ती हटाउन सक्छन वा वर्षौंदेखि थाती रहेको सुकुम्वासी समस्याको मानवीय र दीर्घकालीन समाधान (पुनर्वास) खोज्छन, त्यो हेर्न बाँकी छ । शक्ति सन्तुलनको यो नयाँ अध्यायमा बालेनको कदमले उहाँको राजनीतिक भविष्य र नागरिक अधिकारप्रतिको प्रतिवद्धता स्पष्ट पार्नेछ ।


प्रकाशित मिति: १ बैशाख २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?