Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

समाचार


मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

२० जेठ, चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताएका छन् । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताए । उनले भने, “मन्त्रालयको काम भनेको नीति, नियम र

कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत

२० जेठ, कर्णाली । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन् । तीमध्ये छ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार

गुडिरहेको गाडीबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु

२० जेठ, भक्तपुर। गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको

सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारी भेटिएनन्, खोजीकार्य जारी

२० जेठ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोसी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको आईएमएफको भनाइ

२० जेठ, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ । आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।”

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

२० जेठ, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । उनले भने, “टाटा

आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड

२० जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् । भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने

ग्रान्डी अस्पतालले दियो ७ हजार बिरामीलाई आइसियु सेवा

२० जेठ, काठमाडाैँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गरेको ग्रान्डीले १० वर्षको अवधिमा सात हजार एक सय ५६ बिरामीलाई आइसियु सेवा प्रदान गरेको हो

मेस्सीले पिएसजी छोड्ने पक्का, कता जालान् अब मेस्सी ?

२० जेठ, एजेन्सी । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताएका छन् । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले लिगको अन्तिम खेल शनिबार क्लेर्मन्टसँग खेल्नेछ । उक्त खेल मेस्सीका लागि

तान्जानियाद्वरा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा

२० जेठ, एजेन्सी । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक सङ्क्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै प्रायस गरिएको थियो।

सम्वन्धित समाचारहरु