Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

ग्रीस डुङ्गा दुर्घटनामा २८० भन्दा बढी पाकिस्तानी परेको आशङ्का


९ असार, इस्लामावाद । गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।

डुङ्गा डुब्दा सयौँ मानिस डुङ्गामा थिए भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुङ्गासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ ।

पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सवालको जवाफ दिँदै भने, ‘अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन् ।’ सनउल्लाहका अनुसार डुङ्गा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो ।

उनले भने, ‘सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन’ पाकिस्तान एक आश्चर्यजनक आर्थिक मन्दीको चपेटामा छ । यसका कारण धेरै पाकिस्तानी परिवारहरू गरिबीमा फसेका छन् र सुरक्षित जीवनको खोजीमा अवैध आप्रवासनले बढावा पाएको छ ।

प्रायजसो युवाहरू युरोपमा पुगी वित्तीयरूपमा आफुलाई बलियो बनाउन र परिवारको रेखदेखका लागि सम्पत्तिको जोहो गर्न चाहन्छन् । तिनीहरूले लिने मार्गहरू भिन्न भिन्न रहने गरेका छन् । कतिपयले कानुनी रूपमा नै उत्तरी अफ्रिकामा पुगी त्यहाँबाट मौका पाउँदा समुद्रको जोखिमपूर्ण यात्रा गर्दै यूरोप छिर्छन् भने केहीले इरान र टर्की हुँदै जमिनको बाटो यूरोपको यात्रा तय गर्छन् ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?