Trending
>>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

घुसपैठकाे आशंकाः कुटाइ खाने त्रिपाठी र हातपात गर्ने केसी दुवै कांग्रेस !


काठमाडौं । बरिष्ठ  अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतबाहिर हातपात गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ परेका ललित केसी नामका व्यक्ति दोलखाका हुन् ।

रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले निज व्यक्ति नेपाली कांग्रेसका कार्यकर्ता रहेको सूचना पार्टीमा आएको बताए । उनले भने, ‘मलाई पनि दोलखाबाट फोन आइरहेको छ । उहाँ नेपाली कांग्रेसको हुनुहुँदो रहेछ । हामी थप बुझ्दैछौं ।’

कांग्रेस कार्यकर्ताले आफ्नो पार्टीको भीडभित्र गलत नियतले घुसपैठ गरेका हुन् या रवि लामिछानेको न्यायका लागि नै त्यहाँ आएका हुन् भन्ने स्पष्ट नभएको बोहोराको भनाइ छ । कुटाइ खाने वकिल त्रिपाठी कांग्रेस पृष्ठभूमिका हुन् । उनी २०७० सालको आमनिर्वाचनमा रुपन्देही ७ मा कांग्रेसबाट उठेर हारेका थिए ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?