Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

घुसपैठकाे आशंकाः कुटाइ खाने त्रिपाठी र हातपात गर्ने केसी दुवै कांग्रेस !


काठमाडौं । बरिष्ठ  अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतबाहिर हातपात गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ परेका ललित केसी नामका व्यक्ति दोलखाका हुन् ।

रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले निज व्यक्ति नेपाली कांग्रेसका कार्यकर्ता रहेको सूचना पार्टीमा आएको बताए । उनले भने, ‘मलाई पनि दोलखाबाट फोन आइरहेको छ । उहाँ नेपाली कांग्रेसको हुनुहुँदो रहेछ । हामी थप बुझ्दैछौं ।’

कांग्रेस कार्यकर्ताले आफ्नो पार्टीको भीडभित्र गलत नियतले घुसपैठ गरेका हुन् या रवि लामिछानेको न्यायका लागि नै त्यहाँ आएका हुन् भन्ने स्पष्ट नभएको बोहोराको भनाइ छ । कुटाइ खाने वकिल त्रिपाठी कांग्रेस पृष्ठभूमिका हुन् । उनी २०७० सालको आमनिर्वाचनमा रुपन्देही ७ मा कांग्रेसबाट उठेर हारेका थिए ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?