Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै


काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) उनका प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गर्न लागेकी हुन् ।

दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ । विवाहस्थल प्रवेश गेट मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले सजाइएको छ ।

उनीहरुको इन्गेजमेन्ट केही दिन अगाडि गरेका भए पनि बिहिबार इन्गेजमेन्टको फोटो सार्वजनिक भएको थियो , जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् ।

विवाह गर्न लागेकी मेलिनालाई सामाजिक सञ्जालबाट सेलिब्रेटी तथा सर्वसाधारणले बधाई तथा शुभकामना दिइरहेका छन् ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?