Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

टाइगर कप भलिबलमा दुई विदेशी टोली


काठमाडौँ। टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ ।

टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । पुरुषमा भारतको र महिलामा थाइल्याण्डको टोलीले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौं शुक्रवार पत्रकार सम्मेलनमार्फत टाइगर गुप्र अफ पोखराले प्रतियोगिताबारे जानकारी दिएको हो । महिला र पुरुषमा समान ६ टोली गरी १२ क्लवले प्रतिष्पर्धा गर्नेछन् । तीन विभागीय टोलीले नै सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषमार्फत हेल्प नेपाल स्पोर्टस क्लव, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लव अमीन भारत, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपिएफ क्लवले प्रतिष्पर्धा गर्नेछन् । महिलामा भने सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड स्पोर्ट्स क्लव, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लव छन् । विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिव एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले श्रीलंकाको लिग च्याम्पियन ल्याउने तयारी गरे पनि अन्तिम समयमा आन्तरिक समस्या देखाउँदै सहभागी नभएकाले उल्लेख गरे ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?