Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टाइगर कप भलिबलमा दुई विदेशी टोली


काठमाडौँ। टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ ।

टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । पुरुषमा भारतको र महिलामा थाइल्याण्डको टोलीले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौं शुक्रवार पत्रकार सम्मेलनमार्फत टाइगर गुप्र अफ पोखराले प्रतियोगिताबारे जानकारी दिएको हो । महिला र पुरुषमा समान ६ टोली गरी १२ क्लवले प्रतिष्पर्धा गर्नेछन् । तीन विभागीय टोलीले नै सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषमार्फत हेल्प नेपाल स्पोर्टस क्लव, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लव अमीन भारत, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपिएफ क्लवले प्रतिष्पर्धा गर्नेछन् । महिलामा भने सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड स्पोर्ट्स क्लव, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लव छन् । विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिव एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले श्रीलंकाको लिग च्याम्पियन ल्याउने तयारी गरे पनि अन्तिम समयमा आन्तरिक समस्या देखाउँदै सहभागी नभएकाले उल्लेख गरे ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?