Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

भोजपुरमा बाढीले खानेपानी आयोजना बगायो


९ असार, भोजपुर । बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ ।

खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्याउँदा रु तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ ।

“बाढीले आयोजनास्थल बगाउँदा रु तीन करोड बराबरको क्षति पुगेको छ”, उनले भने, “आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ । आयोजना बगाउँदा स्थानीय पिउनेपानीबाट वञ्चित भएको अवस्था छ । यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।” निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहको भनाइ छ । “स्थलगतरुपमा हेर्दा आयोजनाको बेहाल अवस्था छ”, उनले भने, “अर्को आर्थिक वर्षको सुरुमा हस्तान्तरण गर्ने लक्ष्य थियो । हस्तान्तरणको अन्तिम अवस्थामा बढीले क्षति पुगेको छ । पुनःसञ्चालनको लागि मन्त्रालयलाई आवश्यक जानकारी गराएको छु ।”

आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो । कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार ९२७ लागतमा निर्माण भइरहेको छ । असार २ गतेराती आएको बाढीले आयोजना बगाएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् । तीन सय ८६ घर परिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घर परिवारले पानी खाँदै आएका थिए ।

दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्त समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयलाई पानीको समस्या थपिएको उनको भनाइ छ । “बाढीले आयोजना बगाएपछि समस्या परेको छौँ”, उनले भने, “बस्तीमा पानीको हाहाकार भएको छ । आयोजनास्थल बगर बनेको छ । राज्यले यसलाई चाँडो निर्माणमा ध्यान दिन आवश्यक छ ।”


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?