Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मासु उत्पादन वृद्धि गर्न किसानलाई उन्नत जातको ‘व्याड’ बोका वितरण


९ असार, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ ।

मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल सुधार गर्दै मासु उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यसहित व्यावसायिक बाख्रापालक किसानलाई उन्नत जातको व्याड बोका वितरण गरेको नगरपालिकाका पशुशाखाका पशुचिकित्सक डा मरहट्टाले जानकारी दिए ।

“नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनका लागि नश्ल सुधारमा जोड दिनु आवश्यक छ”, उनले भने, “हामीले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानलाई छनोट गरेर ५० प्रतिशत अनुदानमा बोयर जातको ब्याड बोका वितरण गरेको हो ।” नगरपालिकाले मापदण्ड पूरा भएका २७ वटा बाख्रा फार्मलाई ब्याड बोका वितरण गरेको उनको भनाइ छ ।

व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका किसान खोरमा कम्तीमा १५ वटा बाख्रा भएको हुनुपर्नेलगायतका मापदण्ड बनाएर ब्याड बोका वितरण डा मरहट्टाले जानकारी दिए । “निवेदन दिएका किसानको घरघरमा पुगेर अनुगमन गरी आवश्यकता बुझेर मात्र ब्याड बोका वितरण गरिएको हो”, उनले भने, “किसानले खोरमा बाख्रा भए नभएको घाँसको अवस्था कस्तो छ, बाख्रापालनका लागि खोरको बनावटलगायका सबै कुराको अध्ययन गरेर अनुदान उपलब्ध गराइएको छ ।

छनोटमा परेको किसानबाट नै समिति बनाएर समितिमार्फत नै बोयर बोका खरिद गरेर ल्याएर वितरण गरेको डा मरहट्टाले जानकारी दिनुभयो । “हामीले खरिद गर्नुभन्दा उहाँहरु २७ जनामध्येबाट एउटा समिति बनाइयो”, उनले भने, “समितिले उपयुक्त छ भनेपछि आवश्यक प्रक्रिया पूरा गरी ब्याड बोका ल्याएर वितरण गरेको हो ।”

किसानलाई अनुदानमा वितरण गरिएको बोयर जातको बोका ८५ प्रतिशतदेखि ९७ दशमवल छ प्रतिशत रहेको पालुङटार नगरपालिका पशु चिकित्सक डा मरहट्टाले बताए । उनले किसानलाई अनुदानमा उन्नत जातको बोका वितरण गर्दा कम्तीमा पाँच वर्षसम्म बिक्री वितरण गर्न नपाउने गरी सम्झौतासमेत गरेको जानकारी दिए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?