Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

रहेनन् कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति लामा


९ असार, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए ।

कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए । लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

लामाको दुई छोरा र चार छोरी छन् । विद्यार्थीकाल देखिनै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए । उनि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?