Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

इंगल्याण्डका चिकित्सकले गरे इतिहासकै लामो हड्ताल घोषणा


९ असार, एजेन्सी । बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को इतिहासमा सबैभन्दा लामो हड्तालको घोषणा गरेका छन्।

परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ बजेदेखि जुलाई १८ सम्म पाँच दिनका लागि सेवामा हाजिर नहुने ‘ब्रिटिश मेडिकल एशोसिएशन’ले जनाएको छ।

एनएचएसले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको केही समयपछि सरकारले पाँच प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको विरोधमा यसै महिना ७२ घण्टे हडताल भएको थियो।

प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले नयाँ हडताल ‘अत्यन्त निराशाजनक’ भएको बताएका छन्।

‘यसले बिरामीको सुरक्षा र प्रतिक्षा सूची कटौती गर्ने हाम्रो प्रयासलाई जोखिममा पार्छ,’ उनले पत्रकारहरूसँग भने। सरकारको प्रस्ताव ‘निष्पक्ष र उचित’ थियो।

तर चिकित्सकहरूले विगत १५ वर्षमा वास्तविक रूपमा २६ प्रतिशत तलब ‘कटौती’ भएको बताएका छन्।

उनीहरू तलब सन् २००८/२००९ को स्तरमा फर्काउन चाहन्छन् तर सरकारले यसको अर्थ यो वर्ष औसत ३५ प्रतिशत तलब गर्नुपर्ने र र यो निकै महँगो हुने बताएको छ।

बीएमए कनिष्ठ चिकित्सक समितिका संयुक्त अध्यक्ष रोबर्ट लरेन्सन र विवेक त्रिवेदीका अनुसार सरकारले एनएचएसको पतन चाहेको देखिन्छ।

उनीहरूले बीएमए सर्वेक्षणलाई जोड दिएका छन् जसमा लगभग दुई हजार कनिष्ठ चिकित्सकमध्ये आधाभन्दा बढी (५३ प्रतिशत) ले विगत चार महिनामा विदेश जाने प्रस्तावहरू प्राप्त गरेका थिए।

अस्ट्रेलिया दक्षिणी राज्यको सरकारले ‘पिकेट लाइन’मा पठाइने विज्ञापन ट्रकका लागि समेत पैसा तिरेको र चिकित्सकले बसाइँ सराइ गरेको खण्डमा राम्रो तलब दिने बताएको उनीहरूको दाबी छ।

लरेन्सन र त्रिवेदीले सरकारले तलबको विषयमा वार्ता पुनः सुरु गर्न अस्वीकार गरेको र ‘एनएचएसको इतिहासमा चिकित्सकहरूले गरेको सबैभन्दा लामो सेवा बहिस्कार’ गर्न बाध्य भएको बताएका छन्।

यदि सरकारले तलब बहालीका लागि ‘विश्वसनीय प्रस्ताव’ ल्यायो भने हड्ताल टार्न सकिने उनीहरूले बताएका छन्।

चिकित्सक, नर्स र अन्य मेडिकल स्टाफले मुद्रास्फीतिभन्दा कम तलब वृद्धि र अवस्थालाई लिएर हडतालको शृङ्खलाले बिरामीको हेरचाहमा असर पारेको छ, जसले नियुक्तिहरू रद्द गर्न वा पुनर्निर्धारित गर्न बाध्य बनाएको छ।

स्वास्थ्य अधिकारीहरूले हडतालले वर्षौंको कम–कोष, कर्मचारी, र कोभिड महामारीको कारण उपचारमा ठूलो अभावलाई हटाउन संघर्ष गरिरहेको समय सेवालाई थप अवरुद्ध गरेको बताएका छन्।

एनएचएसले जुलाई ६ मा आफ्नो ७५ औँ वर्षगाँठ मनाएको छ। सन् १९४८ मा नागरिकको ‘जन्मदेखि मृत्युसम्म’ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित यसको स्थापना गरिएको थियो।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?