Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

समाचार


शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ । सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् ।

राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन

काठमाडौँ। राजा वीरेन्द्रको सम्झनामा कमलादीस्थित गणेशमन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनययुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला भइ स्व. राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले राजा वीरेन्द्रको परिवारसहितको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासमेत अर्पण

हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत

काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालको समस्या नै लोकप्रियतावाद भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘पोस्ट बजेट अहोलिस्टिक डिसकर्स’मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले लोकप्रिय हुने प्रबल चाहनाले भविष्यमा अत्यन्तै अलोकप्रिय स्थितिमा बताए । उनले आफूहरू अहिले

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव छः अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सोमवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट अहोलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् । उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं

काठमाडौँ। विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन् । सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागार्लाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने

नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाइँदै

काठमाडौँ। नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । सोमवार काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । यस वर्ष पनि विगत झैँ ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

न्याय किन्न पाइन्छ भन्ने मान्यतालाई विधेयकले नियन्त्रण गर्छः सांसद प्रधान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले न्याय किन्न पाइन्छ भन्ने विषयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पीडित पक्षहरूले

मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनूस्

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय काममा बढी ध्यान केन्द्रित गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । उनले बजेटबारे सांसदहरुले

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिएका हुन् । उनले तर्कपूर्ण ढंगले

सम्वन्धित समाचारहरु