Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनूस्


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय काममा बढी ध्यान केन्द्रित गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । उनले बजेटबारे सांसदहरुले राख्नुभएका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गरे । उनले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गरे ।

अध्यक्ष ओलीले भने, ‘अब मन्त्रीजीहरुलाई ब्युरोक्याट्सले सपोर्ट त गर्छ । जवाफ दिने कुरामा । तर मन्त्रीजीहरुले आफैँले ध्यान दिनु भएन भने मन्त्रीजीहरको उपस्थिति जस्तो देखिन्छ, त्यस उपस्थितिले मन्त्रीजीहरुलाई के भयो र ? जवाफ कर्मचारीहरुले तयार गरिदिन्छन्, आएर पढिदिन्छु भनेको जस्तो लागे जस्तो हुँदैन । छलफलमा सहभागी हुने, संसदीय कामलाई पनि महत्व दिने काम गर्नुपर्छ । मन्त्रीहरुले जहिले पनि म देख्छु संसदीय बैठकलाई पनि महत्व नदिने, अनि संसदीय दलको बैठकलाई महत्व दिनुहुन्न, दललाई महत्व दिनुहुन्न, संसदमा भएका बहस, छलफललाई महत्व दिनुहुन्न भने अनि के गर्नुहुन्छ ? त्यसकारण संसदीय दलको बैठक र यहाँ हुने छलफलहरुलाई माननीयजीहरुलाई, मन्त्रीजीहरुलाई म आग्रह गर्न चाहन्छु, महत्व दिनुस् ।’

अध्यक्ष ओलीले सांसदहरुको उपस्थिति संसदीय दलको बैठकमा कम रहेको भन्दै आपत्ति जनाए । सरकारले अर्थतन्त्र ओरालो लाग्नबाट रोकेर सकारात्मक दिशातर्फ अघि बढाइरहेको दाबी गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?