Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

सोमवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट अहोलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् । उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताए । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको बताएका छन् ।

अध्यक्ष ढकालले भने, ‘बजेटमा आएको चिज इम्प्लिमेण्ट हुनुप¥यो । सबैभन्दा ठूलो कुरा सुशासन हो । सबै कुरा राम्रो गर्छौं तर यदी हामी सुशासन पालना गराउने, मेण्टन गराउने कुरा भएन भने हामीले खोजेको रिजल्ट, अपेक्षा गरेको आर्थिक वृद्धिदर छ, जुन ६ प्रतिशतको आर्थिक वृद्धिदरको एजेम्सन गरिएको छ । मलाई लाग्छ, कार्यान्वयन हुनसके यो सम्भव छ । ’

अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरु आन्तरिक प्रयोग र निर्यात गर्नेकुराबाट पछाडि फर्किन नहुने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?