Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं


काठमाडौँ। विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन् ।

सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागार्लाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताए । उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताए । विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले कसैको एक्लो प्रयासले सम्भव नहुने सामुहिक प्रयास र प्रतिवद्धता चाहिने बताएका छन् । वाह्य विज्ञापन होर्डिङ्ग बोर्डमा रहेको ठेकेदारी प्रथाको अन्त्य गर्ने उनको भनाइ छ । उनले स्थानीय तह तथा प्रदेश सरकारले विज्ञापनको नमूना ऐन पारित नगरेकोमा चिन्ता व्यक्त गर्दे सबै स्थानीय तहलाई विज्ञापन कर आम्दानीको राम्रो स्रोत भएकोले ऐन पारित गर्न आग्रह समेत गरे ।

उनले भने, ‘हामीले शुरु गरेको र निर्णयमा पुग्न नसेकेको राष्ट्रिय विज्ञापन नीति हो । हामीले झण्डै दुई वर्ष नै उक्त नीति मन्त्रालयमा सिफारिस गरिसकेको हो । त्यसलाई हामीले निष्कर्षमा पु¥याउन नसक्दाखेरी अहिले हामीले विज्ञापन नियमन गर्ने ऐनमा संशोधन गर्न सकेनौँ । त्यो विज्ञापन नियमन ऐनमा संशोधन गरिसकेपछि मात्रै हामीले विज्ञापनका चारवटै क्षेत्रलाई हामी बोर्डको दायरामा ल्याउन सक्छौँ । त्यसकारण हामी जतिसक्यो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्छौं । र विज्ञापन ऐनलाई संशोधन गर्छौं ।’

उनले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा गरिने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?